श्री शिवदुती माध्यमिक विद्यालयShree Shivaduti Secondary School
ओखलढुंगा जिल्लाको सदरमुकामवाट पश्चिम पट्टि जिल्लालाई उत्तर पश्चिमवाट करिव दुइ वरावर भागमा वाड्ने शिवदूति (मोलुङ) नामले प्रसिद्ध खोलाको नाम वाट वि.स. २०१५ सालमा यो विद्यालयले शिवदूती प्राथामिक पाठशालाको रुपमा तत्कालिन प्राप्चा गा.वि.स.को देउराली हाल मोलुङ गा.पा.को द्यौरालीमा अनौपचारिक रुपमा जन्म लिएको हो । यस विद्यालयले वि.स. २०१७ वेैसाख १ गते आएर मात्र औपचारीक रुपमा सरकारी मान्यता पाएको यस त्यस वेला विद्यालयको आफ्नो भवन नभएको हुँदा स्थानिय वासीहरुको सक्रियता र सहभागितामा तितेपातीको झुप्रो वनाईस्वर्गिय शिक्षक श्री दुर्गाहरी दाहालले १० जना विद्यार्थीहरुलाई धुलौटो पाटीमा रेखात्मक वर्णहरु सिकाउने कार्य आरम्भ गर्नुभयो । त्यस बेला यस विद्यालयका विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री खडग वहादुर कार्की हुनुहुन्थ्यो । यस विद्यालयलाई तत्कालिन ओखलढुंगाका माननिय श्री पेशल कुमार पोखरेलले गर्नु भएको सहयोगको फलस्वरुप विद्यालयको भवन निर्माण कार्यमा सफल भएको थियो भने निर्माणका लागि स्थनिय जनताहरुको समेत ठूलो सहयोग मिलेको थियो । वि.स. २०२२ बैशाख १ गतेवाट तत्कालिन गा.प. प्रधानपञ्च स्वर्गिय श्री नन्दवहादुर सुनुवार, वि.व्या.स. अध्यक्ष स्वर्गिय श्री त्रिलोचन अधिकारी एवं प्र.अ. स्वर्गिय श्री दुर्गाहरी दाहालको सल्लाह सहयोगमा र स्थानिय वासीहरुको सहयोग एवं सहभागितामा देउराली डाँडामा रहेको विद्यालयलाई भदौरे माथिको दाहाल गाउको छेउमा सार्ने काम भयो । त्यस वेला विद्यालयको आफ्नो जग्गा थिएन तर वि.स. २०२२ सालमा आएर मात्र विद्यालयको आफ्नो जग्गा भयो । तत्कालिन अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गिय श्री त्रिलोचन अधिकारीले विद्यालय संचालनको लागि आवाश्यक पर्ने जग्गा निशुल्क प्रदान गर्नु भएको थियो । बि.सं. २०३९साल अगाडि कक्षा १–३ मात्र सञ्चालन भएको यो विद्यालय २०३९साल चैत्र देखि कक्षा १–५सञ्चालन हुँदै वि.सं. २०५० सालमा नि.मा.वि.को रुपमा सञ्चालन भयो । वि.सं.२०५४ सालमा आएर प्रस्तावित मा.वि.को रुपमा सञ्चालन भएको यो विद्यालय वि.सं.२०६६ सालदेखि साबिक उच्च मा.वि.कक्षा बालबिकास देखि कक्षा १२ सम्मको पढाई सुरु भएको थियो । बि.सं. २०७४ देखि प्राबिधिक धार तर्फ कक्षा ९ मा सिभिल इञ्जिनियरिङको पढाइ प्रारम्भ भएको यो बिद्यालयमा २०७८ देखि कक्षा १२ सम्म सिभिल इञ्जिनियरिङ बिषयमा कक्षा सञ्चालन भईरहेको छ । ओखलढुंगा जिल्ला सदरमुकामबाट करिब २३ कि.मि. पश्चिममा प्राप्चा गाउँपालिकाको वार्ड नं.५ मा अवस्थित शिबदुति मा.वि.का नामले चिनिने यो विद्यालय २७.३६ डिग्री उत्तरी अक्षांस,८६.१२ पूूर्बी देशान्तरमा र समुन्द्र सतहबाट १३१७ मिटरको उचाइमा रहेको छ । बालबिकास देखि कक्षा १२ सम्म साधारण धार र कक्षा ९ देखि कक्षा १२ सम्म प्राबिधिक धार अन्तरगत सिभिल इञ्जिनियरिङ धारमा पठनपाठन हुने यस बिद्यलयमा साबिक प्राथमिक तहमा ९,निमाबि तहमा ३,माबि तहमा ४ ,उमाबि तहमा २,प्राबिधिक धारमा ८,स्वयंसेबक १,निजी १,बाबिके शिक्षक २,कर्मचारी २ गरी कुल ३२ जना शिक्षक कर्मचारी रहेको यस बिद्यालयमा शै.स. २०८२ मा १७४ छात्रा र १६८ छात्र गरी कुल ३४२ जना बिद्यार्थीहरु र चालु शैक्षिक सत्रमा अध्यायनरत छन ।
Based on the Molung (Shivaduti) River-famous for dividing the Okhaldhunga district into nearly two equal halves from north to west on the western side of the district headquarters-this school was informally born in 1958 AD (2015 BS) as Shivaduti Primary School in Deurali of the former Prapcha VDC, currently Deurali of Molung Rural Municipality.
It received formal government recognition only on April 13, 1960 AD (Baisakh 1, 2017 BS). Since the school lacked its own building at that time, local residents actively participated to construct a mugwort (titepati) hut. The late teacher Durga Hari Dahal began teaching linear alphabet characters on dust boards (dhulauto pati) to 10 students. At that time, Mr. Khadga Bahadur Karki served as the School Management Committee Chairperson. As a result of the assistance provided by the then Honorable Peshal Kumar Pokharel of Okhaldhunga, along with significant support from the local community, the school building construction project succeeded.
On April 13, 1965 AD (Baisakh 1, 2022 BS), through the advice, cooperation, and participation of local residents alongside the then Village Panchayat Pradhan Pancha, the late Nanda Bahadur Sunuwar, SMC Chairperson, the late Trilochan Adhikari, and Headmaster, the late Durga Hari Dahal, the school was relocated from Deurali Danda to the edge of Dahal Gaun above Bhadaure. The school did not own land at that time; it acquired its own land later in 1965 AD (2022 BS). The late SMC Chairperson Trilochan Adhikari donated the necessary land free of cost to operate the school.
Location & Geography Located in Ward No. 5 of the former Prapcha VDC, approximately 23 km west of the Okhaldhunga district headquarters, Shivaduti Secondary School sits at 27.36° N latitude, 86.12° E longitude, and an elevation of 1,317 meters above sea level.
Current Demographics & Staffing The school offers general education from Early Childhood Development (ECD) to Grade 12 and a technical stream in Civil Engineering from Grades 9 to 12.
Staffing Breakdown: 32 total staff members (9 primary level, 3 lower secondary, 4 secondary, 2 higher secondary, 8 technical stream, 1 volunteer, 1 private source teacher, 2 ECD teachers, and 2 administrative staff).
Student Body (2025/2026 Academic Year): 342 total students enrolled in the current academic session (174 female and 168 male students).
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

मानव जगतलाई बदल्न प्रयोग गर्न सकिने महत्वपूर्ण हतियार शिक्षा हो । शिक्षाको माध्यमबाट मानिसको जीवन चेतनशील अर्थपूर्ण, एवं सरल बनाउन सकिन्छ। शिक्षाको माध्यमबाट मानिस ज्ञानी बन्न सक्छ। उद्यमशील बन्न ,स्व…Education is the most powerful weapon that can be used to change the human world. Through education, human life can be rendered conscious, meaningful and simple. Education empowers an individual to be…
पूरा सन्देश पढ्नुहोस् →Read full message →